latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सोमबार सबै नतिजा आएको छ ।

१६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । साथै एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ ।

बाँकी ५ सिटमा पार्टीबाट निकट नपाएका, विद्रोह गरेका र प्रक्रियामा नमिलेर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भएका छन् ।

मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरण साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी भएका छन् ।

मोरङ ५ बाट एमालेका बागी उम्मेदवार बनेका मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमालेले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए ।

सर्लाही ४ मा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । तर, यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा उठेका थिए ।

यसैगरी रौहतट २ र ३ पनि एमालेसँग असन्तुष्ट समूहका नेता विजयी भए । एमालेसँग असन्तुष्ट भई रौतहट ३ मा प्रभु साहले उम्मेदवारी दिएका थिए । उनी निर्वाचित भए । उनकै समूहबाट रौहतट २ पनि स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह निर्वाचित भए ।

उता बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि रेशम चौधरीका बुबाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पनि निर्वाचित भए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका बुवा स्वतन्त्र रुपमा उठेका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय