latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १९ मंसिर ।

आज बस्ने सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

‘आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ’, महासचिव गुरुङले भने ।

आज अपरान्ह ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय