latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १८ मंसिर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै महानिरीक्षक सिंहले सो प्रतिबद्धता जनाएको हुन् । उनले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए ।

पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक सिंहसँग विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जका प्रमुख लगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय