latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

हेमन्त केसी
सुर्खेत, १८ मंसिर

ठेकेदारको लापरवाहीले छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक आयोजना अललपत्र परेको छ ।

जाजरकोटको छेडादेखि जुम्ला जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ ।

नेपालगन्जको अमर सिस्ने जेभीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का लिए पनि एक वर्षमा १५० मिटर ट्रयाक मात्र खनिएको छ ।

पाँच वर्षभित्र सडक निर्माण सक्ने लक्ष्य रहेपनि काम सुस्त छ । कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले जानकारी दिए ।

अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ । कम्पनीले आउँदो ०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी ०७८ पुस ५ गते ठेक्का लिएको हो ।

पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ । कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीब्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ । तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले वेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय