latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, १८ मंसिर

अमेरिकालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।

खेलको ७८औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे ।

अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय