latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, १७ मंसिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कुनै आसय नरहेको बताएका छन् । ‘बाइडेनको रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने कुनै आशय छैन । पुटिनले पनि कुनै पनि वार्ता प्रति झुकाव राख्ने चासो देखाएका छैनन् ’, ह्वाइट हाउस नेसनल सेक्युरिटी एडभाइजर जोन किरबाइले सञ्चारकर्मीलाई भने ।
बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा क्रेमलिन नेताले “युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका छन् भने“ युक्रेन आक्रमणको समाधानका लागि पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।
तर, क्रेमलिनले बाइडेनको अस्थायी प्रस्तावलाई स्वीकार गरेन । क्रेमलिन , प्रवक्ता दिमित्री पेस्कोभले बाइडेनको शर्त “पुटिनले युक्रेनमा हमला गर्न छोडेपछि मात्र“ भएको बताए ।

यसैबीच किर्बीले पश्चिमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग वार्ता गर्न दबाब नदिएको बताए । युक्रेनी सेनाले आक्रमणकारी सेना विरुद्ध बारम्बार सफलता हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय