latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना

काठमाडौं, १७ मंसिर

नेपाल राष्ट्र बैंकले शनिबार को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्यमा सामान्य ० दशमलब ६ पैसाले वृद्धि भएको छ । अमेरिकी डलरको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यस्तै शुक्रबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसामा खरिद बिक्री भएको थियोे भने आज युरोपियन युरो ० दशमलब ६४ पैसाले उकालो लागि एकको खरिददर १३६ रुपैया ५४ पैसा विक्री दर १३७ रुपैयाँ १८ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ, सिंगापुरे डलरमा ० दशमलब ४५ पैसाले उकालो लागि यसको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्री दर ९६ रुपैयाँ ५५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय