latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, १७ मंसिर

नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउदै लगेको आरोप लगाएका छन् ।

निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले बामपंथी समेत यो चेतवाट पृथक नरहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् ।

चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय