latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

दिलमाया शाही

जुम्ला, १६ मंसिर । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागि सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याउन निःशुल्क उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो ।

सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका’ बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत नि:शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएकाे छ।’

गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ । उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो ।’

ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय