
नयाँ दल दर्तापछि रामकुमारी झाँक्री भन्छिन्: बल्ल पार्टी एकताको आधार तयार भयो
नेकपा एमाले समाज`वादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाज`वादी दर्ता गरेपछि सञ्चार`कर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकता`को ढोका बन्द नभएको बताइन् ।
झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टा`टसमा एक`ताको सम्भावना त जहिले पनि रहन्छ ।
निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिना`पछि वा दुई महिना`पछि जहिले पनि सम्भा`वना रहन्छ । हामी एकता`बद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाज`वादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’
उनले पार्टीमा शृङ्खला`बद्ध ढंगले का`रवाही गरेर बस्नै सक्ने अवस्था नभए`पछि बाध्यात्मक रुपमा नयाँ पार्टी निर्माणको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एक`ताको संभावना नटरेको दावी गरिन् । – रातोपाटी