
न्युज कारखाना
काठमाडौं, १६ मंसिर
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन् ।
अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न १ सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निमार्ण अगाडी बढाइने जानकारी दिए ।
कार्यक्रममा ९४ जना वृद्धवृद्धा र १४ कर्मचरीलाई न्यानो कपडा वितरण गरिएको थियो ।