latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी
न्युयोर्क, १५ मंसिर

सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो । अध्ययअनुसार साढ चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो (एक हजार फिट) सागर थियो ।

‘त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी थियो । यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो । अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण छन्’, सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भने ।
बरफयुक्त क्षुद्रग्रहहरूले मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय