latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
लन्डन, १५ मंसिर

बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल ( डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।

४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।

लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो। त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय