latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
लण्डन, १५ मंसिर

भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ ।

बैठकमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ । बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्ग, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए ।

बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को वैठक छिट्टै गरिने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय