latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १४ मंसिर

प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।

जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुवै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो । त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय