latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, १४ मंसिर

साउथ अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् ।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्टार निकै कम रहेको बताएकी थिइन् । उनी उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।

मायोसिटिस एक अटो इम्युन रोग हो । यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् । बिरामीको मांशपेसीमा तीव्र लगातार दुखाई बढ्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ । केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन् । कैयौंपटक यो रोगका कारण बिरामीह डिप्रेसनको सिकार पनि बन्छन् ।

सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन् । उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय