latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
खोटाङ, १४ मंसिर

नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् । ‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ । यो आफैमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भने, ‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गर्दछौँ ।’

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानीपोष्ट डटकमका सञ्चालक राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ गरेको थियो । उनलाई निगरानीपोष्टमा प्रकाशित भिडियोको विषयलाई लिएर प्रहरीले बिना पक्राउपुर्जी पक्राउ गरेको महासंघले जनाएको छ । हाल उनलाई साइबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।

नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेश काउन्सिल नेपालले मंगलबार काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने मुद्दामा प्रहरीले कारबाही चलाउनु कानुनविपरीत भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय