latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

भैरहवा, १४ मंसिर । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रवृद्धि तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताए । उनले विकासको फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लानुपर्ने कुरामा नेत्र ज्योती संघ पछि नपर्ने बताउदै अत्याधुनिक मोर्डन अस्पतालको रुपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथासिघ्र शुभारम्भ गर्नुपर्ने बताए ।

‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनाैँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रुपमा बनाउने संकल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ,’ अध्यक्ष पन्तले भने ।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ ।

४० औ स्थापना दिवसमाको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु मध्ये २७ जनालाई दीर्घ सेवा पदक, ४ जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदलकले सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय