न्युज कारखाना
काठमाडौं, १३ मंसिर

अवैध लागु औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय