latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

२ नम्बर प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिक रुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत् आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिए ।

उनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय