latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी
न्युयोर्क, १३ मंसिर

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्मिएका हुन् । अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रुण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो । सन् १९९२ को अक्टोबर १४ देखि भ्रुण चिस्याइएको थियो ।
ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ । दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो । ’, फिलिप रिजवेले भने ।

शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रुणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रुणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ ।
यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रुणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय