latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, १३ मंसिर
संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेका अमेरिकी अधिकारीहरूले बताए ।

विष्फोटले नजिकैका बासिन्दाहरूलाई खतरा हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले अलर्ट गरेको थियो । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्ज भित्र विस्फोट भएको लगभग १५ मिनेटपछि मौना लो विस्फोट भएको थियो । ‘अहिले लाभाको प्रवाह चुचुरोको क्षेत्रभित्र सीमित छ र यसले तल बस्ने समुदायलाई जोखिम पु¥याएको छैन’ युएसजीएसले एउटा वेबसाइटमा भनेको छ । वरपरका वासिन्दाले तयारी पक्रियाबारे समिक्षा गर्नुपर्ने पनि सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय