latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी

न्युयोर्क, १२ मंसिर

मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा मध्यरातअघि करिब २,७०० कर्मचारीहरूलाई हटाएको दी गार्जियनले रिपोर्ट गरेको छ । कम्पनीले कर्मचारीहरूलाई म्यासेज र इमेलमा उनीहरूलाई बर्खास्तगी गरिएको सूचना जारी गर्दै अर्को दिन काममा नआउन भनेको छ । सिमन्स अपहोल्स्ट्रीका लागि बजेट–अनुकूल सोफा र रिक्लिनरहरू बनाउनका लागि परिचित युनाइटेड फर्निचर उद्योगले थ्याङ्क्सगिभिङको दुई दिनअघि मात्रै हजारौं मानिसहरूलाई बेरोजगार बनाएको थियो ।

न्युयोर्क पोष्टका अनुसार कम्पनीले कर्मचारीहरूलाई पठाएको सन्देशमा भनिएको छ, ‘सञ्चालक समितिको निर्देशनमा… अप्रत्याशित व्यापारिक परिस्थितिका कारण कम्पनीले कम्पनीको सञ्चालक समितिको निर्देशनमा‘ नोभेम्बर २१ मा तुरुन्तै लागू हुने सबै कर्मचारीहरूको रोजगारी समाप्त गर्ने कठिन निर्णय गरिएको जानाकारी गराउँदा हामी दुखित छौ । ’

‘कम्पनीबाट तपाईंको छाँटकाँट स्थायी हुने अपेक्षा गरिएको छ र कोब्राको प्रावधान बिना सबै सुविधाहरू तुरुन्तै समाप्त हुनेछन्’ कर्मचारीले कम्पनीबाट पठाइएको अर्को इमेलमा भनिएको छ । कम्पनीले आफ्ना ड्राइभरहरूलाई तुरुन्तै ‘उपकरण, सूची र डेलिभरी कागजातहरू फिर्ता गर्न’ निर्देशन दिएको थियो ।

दुर्भाग्यवश, कर्मचारीहरूलाई अचानक किन हटाइयो भनेर कुनै स्पष्टीकरण दिइएन । दुई दशक पुरानो कम्पनीले अचानक आफ्नो सञ्चालन विघटन गर्‍यो । न्युयोर्क पोस्टको रिपोर्टअनुसार ग्रीष्म मौसममा कम्पनीले आफ्ना प्रमुख कार्यकारी, प्रमुख वित्तीय अधिकारी र बिक्रीका कार्यकारी उपाध्यक्षलाई बर्खास्त गरेको थियो । कामदारहरूलाई पछि उनीहरूलाई ‘आफ्ना सामानहरू जम्मा गर्न’ आफ्नो कार्यस्थलमा आउन भनिएको एक युएफआई प्रवक्ताले फ्राइटवेभ्सडटकमलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय