
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्
काठमाडौं / बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो ।
मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्यघटेर तोलाको १ हजार २ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।