काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब ४ बजे आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।

बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको छ ।

साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगलागी को कारण भने खुलेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय