latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
लमजुङ ११ मंसिर

लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे र कांग्रेस दोस्रो दलको रुपमा रहने भएकाे छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत र माओवादी केन्द्रले छ हजार ४८३ मत ल्याएको देखिन्छ ।

जिल्लामा क्रियाशील रहेको अन्य दलमा रास्वपाले आठ हजार २१७ मत, राप्रपाले दुई हजार ३०८ मत, नेकपा (एस)ले ५९२ मत पाएको छ भने नेसनल मंगोल अर्गनाइजेशनले ४९७ मत र जसपाले २६१ मत पाएको देखिन्छ । यसैगरी नेपाली कांग्रेस(विपी)ले २१ मत पाएको छ ।

त्यसैगरी, ५० मतभन्दा बढी पाउनेमा आमूल परिवर्तन मसिहा पार्टी ७९ मत, नेकपा(समाजवादी/दलित पार्टी) ६९, जनमत पार्टी ६८ मत र राष्टिय जनमुक्त पार्टीले ५० मत पाएको छन् ।

समानुपातिकतर्फ कुल ४७ पार्टी चुनाव लडेकोमा यस जिल्लामा मत संख्या शून्य हुनेमा मितेरी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र पिछडा वर्ग निसाद दलित जनजाति पार्टी गरी तीन रहेका छन् ।

प्रत्यक्षतर्फ उम्मेदवार उठाएका दुई दल नेपाल मजदुर किसान पार्टीले १९ मत पाएको छ । त्यस्तै, कमल थापाको राप्रपाले १० मत ल्याएका छन् ।

यसअघिका निर्वाचनमा दुई सयभन्दा बढी मत ल्याउने गरेको नेकपा(माले) पनि यसपटक ४३ मा खुम्चिएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ४६ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले ३६ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टीले र विवेकशील साझा पार्टीले ८/८ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ७ मत तथा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल)ले ३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय