latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, ११ मंसिर

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्विजिसन) गरेर एकीकृत कारोबार गरेको झन्डै साढे तीन महिनापछि यसले दुई बैंकका सहायक कम्पनीहरू पनि गाभिने भएका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बंगलादेश क्यापिटलले यसलाई अन्तिम रुप दिन विशेष साधारणसभा बोलाएको छ । मंसिर २ गत बसेको सञ्चालक समितिले यहीँ मंसिर १८ गते बस्ने गरि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको प्रस्तावअनुसार सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) १:०.२७ को आधारमा गाभ्ने छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले एनबी क्यापिटललाई प्राप्त गर्ने सम्बन्धमा कम्पनीको सञ्‍चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त, दायित्व तथा कारोबारको मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति तथा भुक्तानी, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामलाई अनुमोदन गर्न विशेष साधारणसभा बोलाइएको बैंकले जानकारी दिएको छ । मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय