latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
दुबई, ११ मंसिर

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् । युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् । दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।

४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस बेको मुटुमा हुनेछ । भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक र निजी शेफ हुनेछ । त्यस्तै, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।

‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्चालनको मिति भने घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय