न्युज कारखाना

बैतडी, १० मंसिर

बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।

मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय