latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना
लमजुङ ९ मंसिर
मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

 

शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई धन्यवादसमेत दिए ।

कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा. टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेषबहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय