latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना

ललितपुर, ९ मंसिर

शिक्षकहरूको पेसागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले प्राध्यापकहरूका लागि निरन्तर पेशागत विकास कार्यशाला गरेको हो ।

 

शिक्षकको पेसागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनकोतर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले बताइन् । गोष्ठीमा विभिन्न विषय विज्ञहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन प्रा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारे चर्चा गरेका थिए ।

ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा. बालचन्द्र लुइँटेल र विनोदप्रसाद पन्तले संयुक्त रूपमा प्रस्तुति दिएका थिए । स्टिम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुब्बा, कोलावोरेटिभ लर्निङ र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए ।

शिक्षकहरूको क्षमता अभिवृद्धि र प्रभावकारी शिक्षणका लागि कार्यक्रम गरिएको आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष निरन्तर यस्ता कार्यक्रम गर्दै आएको उनकाे भनाइ छ । गोष्ठीमा अण्डर ग्रायजुएट र इन्जिनियरिङमा माष्टर्स तहसम्म पढाउने विशेष गरी फ्रेस शिक्षक प्राध्यापकहरूलाई तालिन दिने गर्दै आएको जानकारी उनले गराए ।

नेकका एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, एसोसिएट प्रोफेसर कृष्णविक्रम शाहलगायतले गोष्ठीले शिक्षण सिकाइमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे । नेकका अन्डर ग्रायजुयट र माष्टर्स तहमा पढाउने ५० जनाभन्दा बढी प्राध्यापक सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय