latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
पोखरा, ९ मंसिर

गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ ।

एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ १ (क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), ३(ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ ।

स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जित निकालेको छ । तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ ।

मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । अब स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । एक क्षेत्रको गणना अन्तिम अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय