न्युज कारखाना
काठमाडौं, ९ मंसिर

दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय