नेपाली काँग्रेस जिल्ला कार्यसमिति, ललितपुरका सचिव ४७ वर्षीय भीमसेन घिमिरेको आज विहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ । उनको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय