latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
कास्की, ९ मंसिर

कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ ।

कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या भट्टराई तथा कास्की–३ दामोदार पौडेल बैरागी विजयी भएसँगै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको हो ।

शुक्रवार बिहान घोषण भएको मतपरिणामअनुसार सत्तारुढ गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५१९ मतले पछाडि पार्दै एमालेका गुरुङ विजयी भएका छन् । गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा सीमित भएका थिए ।

उता, कास्की–२ बाट भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँललाई पराजित गरेर प्रतिनिधिसभा दोस्रोपटक विजयी भएका हुन् । तत्कालीन एमालेका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ को रिक्त स्थानमा भएको उपनिर्वाचनबाट पहिलोपटक विजयी भएकी भट्टराईले दोस्रोपटक प्रतिनिधिसभामा विजयी भएकी हुन् । भट्टराई दिवगंत रवीन्द्र अधिकारीकी धर्मपत्निसमेत हुन् ।

कास्की–३ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद प्रसाद बराललाई हराउँदै पौडेल यसअघि नै विजय भइसकेका छन् । बरालले १७ हजार ५ हजार ५३५ मतमा सीमित हुँदा पौडेलले २२ हजार ९८० मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय