latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बारा, ९ मंसिर

बारा १ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली निर्वाचित भएका छिन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका मैनाली नाै हजार १३९ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।

मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए । मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकाे थियाे । तर एमालेले राम्राे कमब्याक गर्‍याे । चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए ।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका चौधरी दुई हजार ४२० मतले विजयी भएका थिए ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय