latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु
न्युज कारखाना
खोटाङ, ११ भदौ

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् ।

‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ । यद्यपी, चुनाव लक्षित गतिविधि भने जारी राख्ने कांग्रेसले जनाएको छ । वडा–वडामा पुगेर जनतालाई भेट गरी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि अभियान चलाइएको केन्द्रीय सदस्य गुरुङले बताए । ‘जनतासँग छलफल गर्ने, उहाँहरुको गुनासो सुन्ने, भावना बुझेर पार्टीको पक्षमा माहोल सिर्जना गर्न अभियान थालिएको हो,’ गुरुङले भने, ‘राजनैतिक, आर्थिक, समसायमीक विषयमा कांग्रेसले लिएको अडानको विषयमा जनतालाई सुसूचित गर्ने, चुनावी तालमेलको औचित्य बारे स्पष्ट पार्ने छौँ ।’ जनताको समस्या र सुझाव समेटेर प्रतिबेदन तयार पारेर केन्द्रमा लगिने गुरुङको भनाई छ ।

कांग्रेसभित्रको आन्तरिक दवन्द अन्त्य भएको सन्देश दिन केन्द्रीय सदस्य गुरुङसहितका नेताले उभिएर आपसमा हातेमालो गर्दै तस्बिर खिचाएका थिए । तर, हातेमालो देखावटी भएको भन्दै कांग्रेसकै कार्यकर्ताले पत्याएका छैनन् । यसअघि पनि आन्तरिक कलह अन्त्याभएको सन्देश दिन भन्दै पटक–पटक यस्ता हातेमालो गरिएको थियो ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कांग्रेसले प्रदेशबाट प्रदेश सभा ‘क’मा कमला गुरुङ र प्रदेश सभा ‘ख’मा सबिता राईलाई प्रतिनिधि पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय