latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

१४ बर्षदेखि छोरा आउने बाटो हेर्दै दुई बुबाआमा (भिडियो)

थप समाचार 

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित
प्रकाश पाक्साँवा/न्युज कारखाना
तेह्रथुम, १० भदौ

तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्याे। बर्षादको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।

नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए ।

‘विद्यलायमा बालबालिकाहरूलाई कम्प्यृुटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,’ माबोहाङले भने । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु समेत भएको छ । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताइन् ।

गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन् । घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्‍याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताइन् । उनी भन्छिन्, ‘ गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’

विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले नि:शुल्क जग्गा प्रदान गरेका थिए । जग्गा प्रदान गर्ने मादेन र उनका श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय