latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

फलफूल तथा तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी
काठमाडौं, ७ भदौ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौँको तरकारी बजारमा करिब १७ रुपैयाँ ५० पैसादेखि ५७५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य बमोजिम सबैभन्दा सस्तो सेतो मूला प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महंगो किवी ५७५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडाको ५५ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३२ रुपैयाँ ८० पैसा, मुडेको आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र घिरौला ३५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्लो फर्सी ५५ रुपैयाँ, भण्डिी ४५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, न्यूरो ११६ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा १२३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, निबुवा ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, अमला ९० रुपैयाँ, अदुवा ७५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, चाइनिज सुकेको लसुन १६५ र हरियो धनिया ४०० रुपैयाँसम्म पर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय