latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सगरमाथा आरोही कल्पनाले गराइन् तीज अन द वाल

काठमाडौं, ५ भदौ

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले काठमाडौंमा महिलालाई आइतबार क्लाइम्विंग गराएकी छिन् । राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा कल्पनाले क्लाइम्विंग अभ्यास गराएकी हुन् ।

संस्कृति र साहससँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्विंग गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्विंगमा क्लाइम्विंग गरेका थिए । यस क्रममा कोही महिला टुप्पोसम्म पुग्न सफल भए भने कोही असफल ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको पहिलो दिन प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलले क्लाइम्विग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय