
करेन्ट लागेर किशाेरीको मृत्यु
सप्तरी, ४ भदौ
सप्तरीमा करेन्ट लागेर एक किशाेरीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छाेरी कमला कुमारी राम रहेकी छिन् ।
नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।