latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

मुम्बई, ३ भदौ

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।

समाचारअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदैछन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।

यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।

‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय