latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत, १ भदौ

जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए ।

कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस अघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षिय राम बहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यहि हुन सक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय