latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लमजुङमा आगलागीबाट घर जलेर नष्ट
लमजुङ २४ साउन

लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ ।

आइते सार्की र उनकी पत्नी उजेली बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो । वृद्धवृद्धा मात्रै बस्दै आएको घरमा बिहान १० बजेको आसपासमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले मंगलबार बिहान अन्दाजी साढे ९ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित ७० वर्षीय आइते सार्कीको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भइ घर पूर्ण रुपमा जलेको बताए ।

आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार घर सबै जल्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मानवीय तथा पशु चौपायको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय