latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

खोटाङमा एक जना मृत फेला

खोटाङ, २३ साउन

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मतानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बिहान झिसमिसमा मतान पछाडिको बाटो हुँदै बाँदर धपाउन जाँदै गरेका छिमेकी चनबहादुर तामाङले दर्नाललाई झुण्डिएको अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए ।

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएको प्रहरीले घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दर्नाल शनिबार बजार गएर बेलुका घर फर्किएका थिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् । श्रीमती र छोराछोरी उठ्नु अगावै उनलाई छिमेकीले मृत फेला पारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय