latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

चीनले सरक्क उचालेर सार्यो‌‌ ७६ सय टनको ५ तले विशाल भवन, आखिर कसरी ? (हेर्नु`होस् भिडियो)

चीनको सां’घाई शहरका इन्जि’नियरले ७ हजार ६ सय टनको एउटा विशाल भवन’लाई उठाएर अर्को स्थान’मा सारेका छन्। उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथ’मिक विद्याल’को ५ तले भ’वनलाई प्रविधि प्रयोग गरी उ’ठाएर केही पर सारेका हुन्।

स्थानीय प्रशा’सनका अनुसार यस पुरानो भवनन’जिकै नयाँ आयोजना सुरु भएको छ। त्यसैका लागि यो भवन अलि पर सार्नुपरेको हो। चीनका इन्जिनिय’रसँग यो भवन भत्का’उने विकल्प पनि थियो, तर उनीले यस पुरानो भवनलाई जस्ता’को तस्तै के’ही टाढा सार्ने निर्णय गरेका हुन्।

चिनि’याँ सरकारी सञ्चारमा’ध्यमका अनुसार इन्जिनि’यरको एक टोलीले प्रविधिको सह’योगमा भवन उठाए र १९८ रोबोटका खुट्टाका मद्दतले केही पर लगे। स्थानीय सञ्चार’माध्यमका अनुसार क्रंकि’टबाट बनेको उक्त भवन पहिलेको ठाउँबाट करिब ६२ मिटर सारिएको हो।

चीनको सरकारी टीभी सी’सीटीभी न्युज नेटव’र्कका अनुसार भवन सार्ने प्रक्रिया १८ दिनमा पूरा भएको हो। यही अक्टोबर १५ तारिख भवन सार्ने काम सम्पन्न भएको हो ।उज्या’लो अनलाइन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय