latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं । व्यापक आलोचनापछि रचनाकार शिव हमालको गीत ‘पापाकी परी’बाट अश्लिल शब्द र पेटिकोटको दृश्य हटाइएको छ ।

गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य र केही अश्लिल शब्द हटाएर शनिबार पुनः युट्युबमा सार्वजनिक गरिएको छ ।

तीज गीतको नाम दिएर मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो र शब्दका विषयमा चर्को आलोचनापछि रचनाकार हमालले सार्वजनिक रूपमा माफीसमेत मागेका थिए ।

माफीपछि पनि आलोचना नरोकिएसँगै उनी गीत हटाउन बाध्य भएका हुन् । यसअघि गीतकी मोडल करिश्मा ढकाल र गायिका सुशिला पाठक गीत नहटाउने अडानमा थिए ।

गायिका पाठकले गीत विवादित भएपछि गीतमा कुन पक्षलाई मनोरञ्जनको रूपमा लिने र कुनलाई शिक्षाको रूपमा लिने आफ्नै विवेकमा भर पर्ने बताएकी थिइन् ।

गीतको भिडियोमा मोडल ढकाल र अन्य महिलाहरूले रातो पेटीकोट लगाएर अभिनय गरेका थिए । यस्ता प्रकारका गीतले उच्छृङ्खलतालाई बढावा दिएको भन्दै दर्शकले आपत्ति जनाएका थिए ।

गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् । लोकदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै शुद्धिकरण अभियान चलाइरहँदा उक्त अभियानमा हमाल पनि सक्रिय छन् ।

तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको आरोप लागेपछि उनी अहिले पानी रुझेको विरालो झैँ भएका छन् ।

https://youtu.be/OboRa3l4gSk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय