latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु

नुवाकोट, २१ साउन

नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका-५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएका थिए । उनको मुटुको भल्ब केही वर्षअघि फेरिएको बताइएको छ ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय