latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३
आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको यस्तो

काठमाडौं, २० साउन

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, यसअघि एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ०३ पैसा रहेको छ । यसअघि एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ९१ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज बढेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा, र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ ।

जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको जापानिज येन आज १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल र कतारी रियालको विनिमयदर पनि बढेको छ । यसअघि एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको साउदी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यसअघि कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य ३४ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, युएई दिरहम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वान १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय