latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन् ।

प्रशान्तले आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै आफ्ना फ्यान र आफन्तहरुमाझ खुसी बाँडेका छन् । छोरी जन्मिए लगत्तै उनले छोरीको नाम पनि राख्न भ्याएका छन् ।

प्रशान्तले छोरीको नाम आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

सामाजिक संजालका माधयमबाट छोरी जन्मेको खुशीयाली बाँड्दै उनले लेखेका छन् ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद ।

इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र मार्थाले तीन वर्षअघि विवाह गरेका थिए । मार्था एयर होस्टेस समेत हुन् । प्रशान्त दशैंअघि फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि नेपाल आउने तयारीमा छन् । फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिजको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय